News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल निर्वाचित भएका छन्।
- ढकालले दोस्रो उच्च मत प्राप्त गर्दै निजी क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने र व्यवसायमैत्री नीति निर्माणमा काम गर्ने बताए।
- उनले साना तथा मझौला उद्यम सशक्त बनाउने, नवप्रवर्तन प्रोत्साहन गर्ने र महासंघलाई प्रभावकारी संस्था बनाउन पहल गर्ने प्रतिबद्धता जनाए।
२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्याकारी सदस्यामा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल निवार्चित भएका छन् । मंगलबार भएको निर्वाचनमा उनले वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै विजयी भएका हुन् ।
‘यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ । निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रबर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्नेछु,’ निर्वाचित ढकालले भने।
उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने बताए । साथै, साना तथा मझौला उद्यमलाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उल्लेख गरे ।
ढकालले आफ्नो कार्यकालमा महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4