+
+
Shares

स्याङ्जाको वालिङ र भीरकोटमा ६५ घण्टापछि विद्युत् आपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकामा चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि करिब ६५ घण्टापछि विद्युत् सेवा पुनः आपूर्ति भएको छ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनर्स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको जनाएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले ३ एमभीए क्षमताको ट्रान्सफर्मर भाडामा उपलब्ध गराएर सेवा सञ्चालन गरेको छ।

२३ वैशाख, काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि आपूर्ति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनर्स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको जनाएको छ।

आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो । उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ ।

कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो ।

स्थानीयबासी, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सञ्चालन भएको सचिवालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?