+
+
Shares

गुण्डुमा एमाले सुदूरपश्चिमको विवादबारे छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताको विवादबारे छलफल सुरु भएको छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएर छलफल गराउनुभएको हो।
  • प्रदेश सभा सदस्य ११ जना काठमाडौं आएर दल नेता राजेन्द्रसिंह रावलको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

२३ वैशाख, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताको विवादबारे छलफल सुरु भएको छ । विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका थिए ।

अहिले ओली निवास गुण्डुमा छलफल जारी छ ।

ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै (११ जना) प्रदेश सभा सदस्य काठमाडौं आएका हुन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता रावलको कार्यशैलीप्रति प्रश्न उठाउँदै दल नेता फेर्नुपर्ने आवाज एमाले सुदूरपश्चिमभित्र पहिलेदेखि नै चल्दै आएको थियो ।

प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता र सांसदको टोलीले छुट्टाछुट्टै रुपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई हटाउनुपर्ने माग राखेका थिए । अध्यक्षसँग उनीहरुले सकभर सहमतिमै दल नेता परिवर्तन गर्ने, नभए संसदीय दलमा लोकतान्त्रिक अभ्यासमार्फत परिवर्तन गर्न दिनुपर्ने अडान लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?