+
+
Shares

१६ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सेयर बजार १६.३८ अंकले बढेर नेप्से २७५८ अंकमा पुगेको छ।
  • शुक्रबार ४ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनभन्दा बढी हो।
  • जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.८१ प्रतिशतले बढेको छ।

८ जेठ, काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ ।

जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो ।

कुल २०३ कम्पनीको मूल्य बढ्दा ५७ कोृ घट्यो भने ८ को स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढे ।

व्यापार समूह ०.४२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।

आज मूल्य धेरै गुमाउनेमा म्युचुअल फन्ड र डिबेन्चर अगाडि रहे । त्यस्तै कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र बुंगल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?