+
+
Shares

रविलाई रास्वपा सांसद मगरले सोधिन्– सुकुमवासी व्यवस्थापनमा पार्टीको धारणा के ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्ती व्यवस्थापनमा पार्टीको औपचारिक धारणा आउनुपर्ने बताइन्।
  • सिंहदरबारमा सभापति रवि लामिछानेसँगको छलफलमा सांसद मगरले स्थानीय तहहरूले मनपरी ढंगले सुकुमवासी व्यवस्थापन गरिरहेको आरोप लगाइन्।
  • झापाका स्थानीय तहले केन्द्रीय निर्देशनमा सुकुमवासी बस्ती हटाउन सूचना जारी गरेकोमा सांसद मगरले आपत्ति जनाइन्।

८ जेठ, काठमाडौं । सत्तारूढ रास्वपा सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्तीको व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धाारणा मा गरेकी छिन् ।

शुक्रबार सिंहदरबारमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

उक्त छलफलमा भाग लिँदै सांसद मगरले मगरले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।

‘प्रदेशगत समस्याहरूबारेमा सभापतिसँग छलफल गरेका हौँ । यो सुकुम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको धारणा के हो ? मैले स्पष्टसँग पार्टीको धारणा आउनुपर्ने कुरा राखें,’ उनले भनिन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुमवासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको जानकारी गराइन् ।

केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाइन् ।

‘अहिले स्थानीय सरकारले सुकुमवासी व्यवस्थापनको नाममा जे पायो त्यही गरिरहेको छ । लालपूर्जा भएका नागरिकलाई पनि नोटिस दिएर उठ्नु भनिरहेको छ । उनीहरूले त कर तिर्नुभएको छ नि । केहि ठाउँममा जग्गाको दामभन्दा बढी कर उठाएको विषय पनि छ । यस विषयमा हाम्रो पार्टीको औपचारिक धारणा के हो ?,’ उनले भनिन्, ‘नदीहरूको संरक्षण गर्नुपर्छ भन्ने कुरा त कानून मै छ नि । नदी हडपेर बस्नु चाँही गलत हो । काठमाडौंमा सरकारले सुकुमवासी हटायो भन्दै झापामा स्थानीय तहले सूचना जारी गरेर खालि गराउन ख लागिरहेका छन् । यो त ठिक भएन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?