+
+
Shares

बालेनको बचाउमा रास्वपा महामन्त्री- संसद्‌मा बोलेर नतिजा दिन सकिन्न

‘काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन सकिन्न’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २१:२०

८ जेठ, पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी गरेका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए । देशमा भएका बेथिति र विसंगतिका जालाहरू तोड्न नेपाली जनताले रास्वपालाई करिब दुई तिहाइको जनमत दिएको पनि उनले टिप्पणी गरे ।

विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बुर्लाकोटीले बताए ।

अर्को प्रशंगमा उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह आउन नभ्याएको दाबी गरे । ‘काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन सकिन्न,’ उनले भने, ‘काम नै गरेर देखाउने  हो । त्यसैले कम्तीमा छ महिना पर्खेर हेरिदिनुस् ।’ –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?