+
+
Shares

नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ

उनीहरूबाट ठूलो मात्रामा नक्कली १००, ५०० र १००० का नेपाली नोट, कम्प्युटर, प्रिन्टरसमेत अन्य सामग्री बरामत भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २१:२८

८ जेठ, काठमाडौं । रुपन्देहीमा नक्कली नोट छाप्ने काममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत ककरहवा सिद्धार्थनगर नौगढका ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिनाका बिक्की भनिने २२ वर्षीय अनिल पासी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट ठूलो मात्रामा नक्कली १००, ५०० र १००० का नेपाली नोट, कम्प्युटर, प्रिन्टरसमेत अन्य सामग्री बरामत भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?