News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद चन्दन सिंहले बाराको विस्तारित बैठकमा सामाजिक सञ्जालमा फैलिएको हो–हल्ला अतिरञ्जित भएको बताउनुभयो।
- पूर्व सभापति चन्दन स्वर्णकारको उक्साहटमा पाँचजना कार्यकर्तालाई अनुशासनको कारवाहीका लागि सिफारिस गरिएको छ।
- बैठकले बाराका चार निर्वाचन क्षेत्रका सांसदको पाँच–पाँच प्रतिनिधि सहित तदर्थ जिल्ला कमिटी बनाउने निर्णय गरेको छ।
९ जेठ, बारा । रास्वपा सांसद चन्दन सिंहले बाराको विस्तारित बैठकमा शनिवार भएको हो–हल्लालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको बताएका छन् ।
सांसद सिंहका अनुसार पार्टीबाटै निष्कासनमा परेका पूर्व सभापति चन्दन स्वर्णकारको सुनियोजित उक्साहटमा परेर पार्टीको कार्यक्रम बिथोल्न खोज्ने पाँचजना कार्यकर्तालाई अनुशासनको कारवाहीका लागि सिफारिस गरिएको छ । ‘हामीलाई उनीहरूको योजनाबारे विहानै जानकारी थियो, त्यसै अनुसार हामीले कार्यक्रमको रणनीति बनाएका थियौं,’ सिंहले भने ।
बैठकस्थलमा आएर हो–हल्ला गरेकै भरमा सांसद लखेटिए भनेर प्रचार गरिनु अत्यन्तै दु:खद रहेको उनले बताए । ‘हामी अहिलेपनि बैठकस्थलमै छौं, बैठक जे प्रयोजनका लागि आह्वान भएको हो त्यस अनुसार सम्पन्न भएको छ,’ उनले भने ।
शनिवार कलैया स्थित करणराज पार्टी प्यालेसमा बसेको विस्तारीत बैठकमा विघटित जिल्ला समितिका सभापति रहेका स्वर्णकारको उक्साहटमा गरिएको हो–हल्लालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलाईएको सांसद सिंहले बताए ।
बारा–२ बाट निर्वाचित सांसद सिंहले आफूहरु अहिलेपनि बैठकस्थलमै रहेको र बैठक सम्पन्न गरेको जानकारी दिए । ‘हामी बैठक सम्पन्न गरेर निर्णय सार्वजनिक गर्ने प्रकृयामा कार्यक्रम स्थलमै छौं,’ सांसद सिंहले भने ।
सांसद सिंहका अनूसार बाराका चारैवटा निर्वाचन क्षेत्रका सांसदको पाँच–पाँचजना प्रतिनिधि सहितको तदर्थ जिल्ला कमिटी बनाउने निर्णय शनिबारको बैठकले गरेको छ । ‘अहिले बारा जिल्लामा वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि तदर्थ समिती बनाउने निर्णय भएको छ,’ सांसद सिंहले भने ।
प्रतिक्रिया 4