+
+
Shares

शंकरले पनि दिएनन् ओलीलाई साथ

अहिलेकै अवस्थामा अघि बढ्न नसकिने, समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन्।
  • पोखरेलले पार्टी सचिवालय बैठकमा समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्।
  • पार्टी सचिवालय बैठक भोलि बिहान साढे ११ बजे बाँकी रहेका चार जना सचिवले धारणा राख्ने कार्यक्रम तय गरिएको छ।

९ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् ।

शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले परिस्थिति सहज नभएको भन्दै यही परिस्थितिमा अघि बढ्न नसक्ने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, पोखरेलले ओलीलाई ‘राजीनामा नै गर्नु’ भन्ने शब्द चाहिँ प्रयोग गरेनन् ।

यद्यपि अहिलेकै अवस्थामा अघि बढ्न नसकिने, समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने महासचिव पोखरलेको भनाइ थियो ।

‘यसरी पार्टी जान सक्दैन । समीक्षा जरुरी छ । यही स्थितिमा अघि जान सकिंदैन । परिस्थिति सजिलो छैन,’ पोखरेलको भनाइको सार उद्धृत गर्दै एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

उपमहासचिव लेखराज भट्टका अनुसार, आजको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेका थिए ।

अब ४ जनाले बोल्न बाँकी छ । भोलि (आइतबार) बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्ने उनले बताए ।

यसअघि हिजो (शुक्रबार) बसेको बैठकमा ४ जना उपाध्यक्षले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?