+
+
Shares

भण्डारीको सदस्यताबारे ओलीले भने– प्रक्रिया पुग्यो, अब दिऔं

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय राजनीतिक परिस्थिति भएकाले गरिएको बताए।
  • ओलीले सचिवालय बैठकमा पूर्वराष्ट्रपतिलाई सदस्यता दिने प्रस्ताव राखेका थिए र त्यो प्रस्ताव पारित भयो।
  • गत साउनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले लिएको थियो, तर अहिले प्रक्रिया पूरा भएपछि नवीकरण गरिने निर्णय भयो।

४ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णयलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति भनेका छन् ।

गुन्डुमा बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपतिलाई सदस्यता दिने प्रस्ताव ल्याउँदै ओलीले यस्तो बताएका हुन् । ‘संविधानले रोक्दैन, तर राजनीतिक परिस्थितिका कारणले हामीले त्यस्तो निर्णय गरेका थियौं, अब दिऔं,’ ओलीले प्रस्ताव राखेका थिए ।

एक पदाधिकारीका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले प्रक्रिया बमोजिम निवेदन ल्याएकाले नवीकरण गरिदिनुपर्ने निर्णय ओलीले सुनाएका थिए । ‘प्रक्रिया पुगेको थिएन, तर उहाँले एमालेमै सक्रिय हुने भनेर निवेदन दिनुभयो,’ ओलीले तर्क गरेका थिए ।

गत वर्ष साउन पहिलो साता पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले लिएको थियो ।

त्यसबेला तीन तर्क अगाडि सारिएको थियो– पूर्वराष्ट्रपति संविधानको रक्षक भएको, सेनाको परमाधिपति भइसकेको र गणतन्त्रको प्रतीक भएको ।

केही पदाधिकारी सहित ठूलै पंक्तिले यस्तो निर्णयप्रति असहमति जनाएका थिए । ओलीले प्रक्रिया बमोजिम निवेदन नआएकाले सदस्यता नवीकरण नहुने निर्णय सुनाएका थिए ।

आज तिनै ओलीले सदस्यता नवीकरणको प्रस्ताव ल्याए, र पारित भयो ।

‘अध्यक्षको प्रस्तावमा कसैको पनि फरक मत सुनिएन, र नवीकरणको निर्णय भयो,’ स्रोत भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?