+
+
Shares

मदन-आश्रितलाई सम्झिँदै ओली भन्छन्– विचलित नभई जनताको पक्षमा उभिन प्रेरित गरिरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते ७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन्।
  • ओलीले मदन भण्डारीलाई जनताको बहुदलीय जनवादका अगुवा र जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन्।
  • उनले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई अघि बढाएको उल्लेख गरेका छन्।

३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।

आज मदन–आश्रितको ३३ औं स्मृति दिवसमा उनीहरुको योगदान स्मरण गर्दै ओलीले फसेबुकमा सो कुरा उल्लेख गरेका हुन् ।

३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा  मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको भन्दै ओलीले उनीहरूको अभाव समयसँगै झन् गहिरिँदै गएको बताएका हुन् ।

ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् । उनले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का अगुवा तथा आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने नेता भएको बताएका छन् ।

‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,’ ओलीले भनेका छन्, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ ।’

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढाइएको पनि उल्लेख गरेका छन् । पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।

उनले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थको धरातलमा आधारित विचार भएको उल्लेख गर्दै त्यसको वैचारिक विरासतले अझै पनि जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरित गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?