+
+
Shares

ओलीको राजीनामा माग भएपछि महेशको प्रतिवाद– संकटको बेलामा संरक्षण गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका छन्।
  • सचिव महेश बस्नेतले पार्टी संकटमा नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको र संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ भने।
  • ओलीले पार्टीको लाइन भन्दा विपरीत जाने छुट कसैलाई नभएको र अराजकता प्रदर्शन गर्न नहुने चेतावनी दिएका छन्।

९ जेठ, काठमाडौं । एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरेका छन् ।

यसअघि हिजो (शुक्रबार) को बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए ।

शनिबार पनि केही नेताहरूले ओलीलाई सिधा र घुमाउरो शैलीमा नेतृत्व छोड्न भनिरहेका छन् ।

यसैबीच आफ्नो धारणा राखेका सचिव महेश बस्नेतले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका छन् ।

‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ । संरक्षण गर्नुपर्छ,’ बस्नेतले आफ्नो धारणा राख्ने क्रममा भनेका छन् ।

हिजोको बैठकमा आफूविरुद्ध नेताहरू उभिएपछि ओलीले पार्टीको लाइन भन्दा विपरीत जाने छुट कसैलाई नभएको र अराजकता कसैले प्रदर्शन गर्न नहुने भन्दै नेताहरुलाई सचेत गराउन खोजेका थिए ।

आजको बैठकमा पनि उनी बीच बीचमा बोलिरहेको एक नेता बताउँछन् ।

सो क्रममा उनले आफूलाई नसम्झाउन र आफू गलेर नेतृत्व नछाड्ने अडान लिएको एक नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?