+
+
Shares

कञ्चनपुरमा होटल सञ्चालकमाथि आक्रमण

घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले बताएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति ९ बजेतिर आक्रमण भएको छ।
  • आक्रमणबाट घाइते भएका चन्द उपचारपछि डिस्चार्ज भएका छन् र घटना सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको छ।
  • घटनामा संलग्न ५/६ जनाको समूह अहिलेसम्म पक्राउ परेका छैनन् र प्रहरीले पक्राउपछि मात्र कारण खुल्ने बताएको छ।

१० जेठ, काठमाडौं । कञ्चनपुरका एक होटल सञ्चालकमाथि आक्रमण भएको छ ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा रहेको ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि आक्रमण भएको हो । कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति ९ बजेतिरको हो ।

आक्रमणबाट घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन् । होटलमा बसिरहेका बेला ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिन्छ । उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?