+
+
Shares

गर्मीबाट बच्न कुलर प्रयोग गरिरहनुभएको छ ? यस्ता गल्तीले हुन सक्छ दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मीमा कुलरलाई सधैं घाम नपर्ने ठाउँमा राख्नुपर्छ र १० घण्टाभन्दा बढी लगातार चलाउन हुँदैन।

अहिले गर्मी दिनदिन नै बढ्दैछ । विशेषगरी नेपालका तराई र तल्लो बेल्टका समथर क्षेत्रमा गर्मी अत्यधिक बढिरहेको छ । गर्मी छल्नका लागि पंखा, एसी, कुलरहरू प्रयोग गर्ने गरिन्छ ।  हामीले यस्ता उपकरण प्रयोग गर्दा सही तरिकाले

प्रयोग गर्नु जरुरी हुन्छ ।

गर्मीमा कुलर प्रयोग गर्दा पनि केही सावधानी अपनाउनुपर्छ ।  केही साना कमजोरीले नराम्रो क्षति निम्त्याउन सक्छ । अत्यधिक तापक्रम, सर्किट सर्ट हुने वा वायरिङमा कमजोरी भयो भने एयर कुलरहरूमा आगो लाग्ने वा विस्फोटको जोखिम हुन्छ ।

त्यसैले, कुलरहरू प्रयोग गर्दा केही ठूला गल्तीहरूबाट बच्नु महत्त्वपूर्ण छ।

१.मोटर अत्यधिक तातो हुनु

यो तब हुन्छ जब कुलर लगातार चलाइन्छ । यदि तपाईंले गर्मीको समयमा १० घण्टाभन्दा बढी समयसम्म कुलर चलाउनुभयो भने, मोटर धेरै तातो हुन सक्छ, जसले आगो वा विस्फोटको जोखिम बढाउँछ ।

२.पानी बिना नै चलिरहनु

कहिलेकाहीं, कुलर चलिरहेको बेला पानी सकिन सक्छ । कहिलेकाहीँ यो चलिरहेको बेला बन्द गर्न बिर्सन हुन्छ । त्यो अवस्थामा कुलरमा पानी सक्किएको यादै हुँदैन । यहो हुँदा मोटरमा दबाब दिन्छ, आगोको जोखिम बढाउँछ ।

३.कमसल तारहरूको प्रयोग

पुरानो तार वा सस्तो एक्सटेन्सन बोर्डहरू कुलरहरूका लागि अत्यन्तै खतरनाक हुन सक्छ । धेरै लोड पर्दा तारहरू तातो भएर पग्लिन सक्छन् । तार पग्लिएर कुलरमा आगो लाग्ने, विस्फोट हुने हुन सक्छ ।

४.कुलर सफा नगर्नु

मोटर वा वरपरका भागहरूमा फोहोर जम्मा हुँदा आगो लाग्न सक्छ। कहिलेकाहीँ, फोहोरको कारणले पंखा बन्द हुन्छ, जसले मोटरलाई प्रत्यक्ष असर गर्छ । यसले कुलरलाई धेरै तातो बनाउन सक्छ । यही कारणले विस्फोट तथा आगलागी हुन सक्छ ।

५.कुलरलाई प्रत्यक्ष घाममा राख्नु

धेरै मानिसहरूले कुलरलाई घाम पर्ने ठाउँमा राख्ने गर्छन् । एकैछिन घाम पर्दा त केही समस्या नहोला तर निरन्तर लामो समयसम्म घाम पर्ने ठाउँमा कुलर राखिएको छ भने त्यो राम्रो होइन । कुलर चालु अवस्थामा रहँदा मोटरको तातो र घामको तातो दुवैले गर्दा धेरै तात्छ ।

दुवै तर्फबाट धेरै तातो भएको अवस्थामा कुलर जोखिमपूर्ण हुनसक्छ । त्यसैले, कुलरलाई सधैं घाम नपर्ने ठाउँमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?