+
+
Shares

विद्यालयमा बाढीले क्षति गरेपछि सामुदायिक भवनमा पठनपाठन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका-५ स्थित डाँफे आधारभूत विद्यालयको २ भवन गत ५ जेठ रातिको हावाहुरीसँगै आएको बाढीले भत्काएको छ।
  • भत्किएको विद्यालय भवनका कारण ८० जना बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्।
  • बाढीले विद्यालयका सात कम्प्युटर, दुई ल्यापटप र फर्निचरमा क्षति पुगेको प्रधानाध्यापक बली तामाङले जानकारी दिए।

१० जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन।

गत ५ जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढीले विद्यालयको २ वटा भवन भत्काएको थियो ।

भवनमा क्षति पुगेपछि सो विद्यालयका ८० जना बालबालिकालाई गाउँकै सामुदायिक भवनमा पढ्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक बली तामाङले जानकारी दिए।

बाढीका कारण विद्यालयमा रहेका सात कम्प्युटर, दुई थान ल्यापटप सहित फर्निचरमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?