+
+
Shares

नुवाकोट शिवपुरीमा भिरबाट कार खस्यो

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ जेठ १४ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको गुर्जेभञ्ज्याङमा बिहीबार साँझ कार दुर्घटना हुँदा दुईजना गम्भीरसहित तीनजना घाइते भएका छन् ।
  • त्रिशूलीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश पिएई ०५६९ नम्बरको कार सडकबाट झण्डै २०० मिटर तल खोलामा खसेको हो ।
  • दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको छ ।

१४ जेठ, नुवाकोट । काठमाडौं र नुवाकोटको सीमानजिकै छहरे–टोखा सडकखण्ड अन्तर्गत गुर्जेभञ्ज्याङमा भिरबाट कार खसेर दुर्घटना भएको छ ।

शिवपुरी गाउँपालिका–६ मा बिहीबार साँझ भएको दुर्घटनामा दुईजना गम्भीर घाइते छन् भने एक सामान्य घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बागमती प्रदेश पिएई ०५६९ नम्बरको कार सडकबाट झण्डै २०० मिटर तल खोलामा खसेको छ ।

प्रहरी निरिक्षक विरबहादुर बुढाएरका अनुसार कारमा सवार सिराहाको सुकीपुर नगरपालिका वडा नं. २ का ३५ वर्षिय सञ्जिवकुमार चौधरी गम्भिर भई अचेत अवस्थामा छन् भने अर्का काठमाण्डौं महानगरपालिका ९ का लोकेश मिश्र समेत गम्भीर छन् ।

सुनसरी इनरुवा वडा नं. ५ का ४० वर्षीय उत्सव पोखरेल भने सामान्य रहेको उनले जानकारी दिए ।

दुर्घटनापछि गुर्जेस्थित प्रहरी चौकी र स्थानीयको सहयोगमा उद्धार गरी घाइतेहरूलाई ग्राण्डी अस्पताल पठाइएको छ ।

साँझ ६ बजेको आसपास भएको उक्त दुर्घटनाग्रस्त कार त्रिशूलीबाट काठमाडौंतर्फ जाँदै गरेको थियो ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?