+
+

आज पनि दसैंको टीका लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २० गते ८:४२

Dashain-tika२० असोज, काठमाडौं । दसैं टीकाको चौथो दिन आज पनि टीका, जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिनदेखि लगाउन थालिएको टीका, जमरा पूर्णिमाका दिन सम्म चल्ने छ ।

दशमीका दिन टीका लगाउन नभ्याएकाहरुले पूर्णिमासम्म नै टिका लगाउने गर्दछन् । बडादसैंमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक राखिएको जमरा र ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, प्रसाद विजयादशमीका दिनदेखि मान्यजनको हातबाट थापेर आशीर्वाद लिने परम्परा छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?