+
+
Shares

आयकरको न्यूनतम सीमा १० लाख कायम, अधिकतम् सीमा २९ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको न्यूनतम सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेले अब १ प्रतिशत मात्रै कर तिरे पुग्ने बताउनुभयो ।

१५ जेठ, काठमाडौं । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।

आयकरको स्ल्याबमा भएको परिवर्तनले बार्षिक १० लाख तलब खानेलाई करमा ५६ हजार राहत हुने भएको छ । यसअनुसार १० लाख तलव खानेलाई मासिक ५ हजार रुपैयाँ राहत मिलेको छ ।

यसअघि १० लाख तलव खानेले ६ लाखसम्म १० प्रतिशत, ६ देखि ८ लाखको पहिलो दुई लाखमा १० प्रतिशत, त्यसपछिको २ लाखमा २० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यसअनुसार १० लाख तलब खानेले ६ लाखसम्मकाे ६ हजार, त्यसपछि २ लाखको २० हजार र त्यसपछि २ लाखको ४० हजार गरी ६६ हजार आयकर तिर्नुपर्ने अवस्था अहिले छ ।

अब १० लाखसम्म तलव खानेले यो कर केवल १ प्रतिशत अर्थात् बार्षिक १० हजार रुपैयाँमात्र तिरे पुग्नेछ ।

अर्थमन्त्री डा. वाग्लले व्यक्तिगत आयकरको अधिकतम् दरमा १० प्रतिशत कटौती गरेको घोषणा समेत गरे । हाल अधिकतम् दर ३९ प्रतिशत रहेकाले अब त्यो २९ प्रतिशतमा झर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?