+
+
Shares

सेयर र घरजग्गा कारोबारमा पूँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढ्यो

आगामी आवको बजेट मार्फत सरकाले यस्तो पूँजीगत लाभकर ७.५ प्रतिशतदेखि १० प्रतिशत कायम गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षदेखि सेयर र घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढाएर ७.५ देखि १० प्रतिशत कायम गरेको छ ।
  • यसअघि सेयर र घरजग्गा कारोबारमा स्वामित्वको अवधि हेरी ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था थियो ।
  • बजेटमार्फत सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम घोषणा गरिए पनि घरजग्गाको हकमा भने यो व्यवस्था अन्तिम नहुने जनाइएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सेयर र घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको छ ।

आगामी आवको बजेट मार्फत सरकाले यस्तो पूँजीगत लाभकर ७.५ प्रतिशतदेखि १० प्रतिशत कायम गरेको हो । हाल यस्तो लाभकर ५ र ७.५ प्रतिशत कायम थियो ।

१ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

त्यसैगरी घरजग्गा कारोबार हकमा पनि ५ वर्षभन्दा बढी समयका लागि होल्ड गरेको खण्डमा ५ प्रतिशत र त्यसभन्दा कम अवधि होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभ तिर्दै आएका छन् ।

सरकारले आगामी आवदेखि सेयर कारोबार हकमा कायम गरेको पूँजीगत लाभ करलाई अन्तिम घोषण गरेको छ । तर, घरजग्गाका हकमा भने यो पूँजीगत लाभकर अन्तिम होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?