+
+
Shares

‘मिस मिथिला नारी नेपाल २०२६’ आयोजना हुने, आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थर्ड आई स्टुडियोज प्रालिले मिथिला संस्कृति, परम्परा र महिला सशक्तीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘मिस मिथिला नारी नेपाल २०२६’ आयोजना गर्ने भएको छ ।
  • प्रतियोगिताको अडिसन आगामी जेठ १६ गते जनकपुर र त्यसपछि काठमाडौँमा हुनेछ भने आवेदन इसेवा एपमार्फत दिन सकिनेछ ।
  • आयोजक संस्थाका प्रमुख हरिश जायसवालले भने, “यसअघि मिथिलाबारे यस्तो प्रतियोगिता भएका छैनन्, यो हाम्रो उद्देश्यले मिथिलाका नारीलाई ठूलो सहयोग तथा अवसरको रुपमा रहनेछ ।”

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस मिथिला नारी नेपाल २०२६’ को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले प्रेसमिट गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी गराएको हो ।

द ब्युटी अफ मिथिला’ नारासहित कार्यक्रम हुन लागेको हो । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवद्र्धनमा जोड दिने बताइएको छ ।

प्रेस मिटमा प्रतियोगिता आयोजनाको उद्देश्य, विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे आयोजक संस्थाका प्रमुख हरिश जायसवालले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम सौन्दर्य प्रतियोगिता मात्र नभएर मिथिला क्षेत्रका नारीलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने तथा नारीलाई आत्मनिर्भर गराउने जस्ता कुरामा जोड दिइनेछ ।

उनले भनेका छन्, ‘यसअघि मिथिलाबारे यस्तो प्रतियोगिता भएका छैनन्, यो हाम्रो उद्देश्यले मिथिलाका नारीलाई ठूलो सहयोग तथा अवसरको रुपमा रहनेछ ।

प्रतियोगिताको अडिसन फर्म खुलिसकेको जानकारी गराइएको छ । इसेवा एपमार्फत आवेदन दिन सकिने जनाइएको छ । साथै अडिसन जेठ १६ मा जनकपुर र त्यसपछि काठमाडौंमा हुने बताइएको छ ।

आयोजकका अनुसार मिथिला क्षेत्रका युवती मात्र नभएर देशभरका नारीले आवेदन दिन सक्नेछन् । मिथिला भाषाको सामान्य ज्ञान भएकालाई पनि सहभागिताका लागी आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?