+
+
Shares

म्युजिक भिडियोको हिट ‘पिएम’ जोडी अब फिल्ममा एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पल शाह र मलिका महतले नयाँ नेपाली कथानक फिल्म ‘आबाट आमा २’ मा सहकार्य गर्ने भएका छन् ।
  • अभिनेत्री महतले फिल्मको मुख्य भूमिकाका लागि निर्माण पक्षसँग हालै लिखित सम्झौता गरेकी छन् ।
  • निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको छायाङ्कन केही सातामा शुरू भई आगामी ३० असोजदेखि प्रदर्शन हुनेछ ।

काठमाडौं । फुलबुट्टे सारी, टाढा भएपनिसहितका दर्जन चर्चित म्युजिक भिडियोमा सहकार्य गरेपछि पल शाह र मलिका महतले अब कथानक फिल्ममा सहकार्य गर्ने पक्का भएको छ ।

पलको आगामी फिल्म ‘आबाट आमा २’ मा मलिकालाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । निर्मातासँग मलिकाले लिखित समझदारी गरेकी छन् । फिल्ममा यी दुईको जोडी बाँध्न लागिएको निर्देशक चन्द्र पन्तले बताए ।

‘पिएम’ जोडीको रुपमा म्युजिक भिडियोमा लोकप्रिय यो जोडीलाई फिल्ममा पनि हेर्न पाउनुपर्ने माग दर्शकको थियो । दर्शकको यही इच्छाअनुसार निर्देशक पन्तले लिड हिरोइनमा मलिकालाई कास्ट गरिएको बताए ।

यसअघि सहायक अभिनेत्रीमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्धित भैसकेका छन् । साथै, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का पनि अनुबन्धित भैसकेका छन् ।

छायांकन केही सातामा सुरु हुने जनाइएको छ । प्रदर्शन ३० असोजदेखि सुरु हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?