+
+
Shares

जेठमै ढकमक्क असारे (फोटो/भिडियो)

जारूल समुन्द्री सतहबाट २५ सय सम्मको उचाईमा फूल्ने गर्छ । संसारभर यसको चार दर्जन प्रजाति पाइन्छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ जेठ १७ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको माई नगरपालिका–२ शितलीस्थित चिया बगानमा ढकमक्क फुलेको जारूल फूलले यतिबेला पर्यटकलाई आकर्षित गरिरहेको छ।
  • समुद्री सतहबाट २५ सय मिटर उचाइसम्म फुल्ने जारूल फूल हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
  • झापाको सुरुङबाट जामुनखाडी हुँदै करिब ३० किलोमिटर यात्रा तय गरेपछि उक्त चिया बगान क्षेत्रमा पुग्न सकिन्छ।

१७ जेठ, इलाम (शितली) । वरिपरि हरियाली जंगल । मुना पलाउँदै गरेका चियाका बोट । बगानका थुम्का थुम्कामा देखिन्छन्, बैजनी रङका जारूल फूल ।

इलामको दक्षिणी भू–भाग माई नगरपालिका–२ शितलीको मध्य चिया बगानमा देखिने दृश्य हो, यो ।

असारे फूलको नामबाट चिनिने यो फूलको सुन्दरताले जेठमै सयौं पर्यटक तानिरहेको छ । हिजोआज तपाईं पनि इलाम पुग्नुभयो भने ढकमक्क फूलेको जारूलले तपाईंको ध्यान खिच्छ ।

दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक सो भेगमा पुग्ने गरेको स्थानीयहरू बताउँछन् । जारूल समुन्द्री सतहबाट २५ सय सम्मको उचाईमा फूल्ने गर्छ । संसारभर यसको चार दर्जन प्रजाति पाइन्छ ।

झापाको सुरुङ पुलबाट जामुनखाडी निस्कने बाटो हुँदै करिब ३० किलोमिटर दूरी पार गरेपछि इलामको यो क्षेत्रमा पुग्न सकिन्छ ।

इलाम अफैं चियाका लागि प्रख्यात छ । सोही चियाबारी अवलोकनमा पुग्ने पर्यटकले अहिले जारूल फूलसँगै रमाउँछन् ।

त्यहाँ पुगेका पर्यटकहरू यही फूललाई पृष्ठभूमि बनाएर तस्वीर र रिल्स खिचिरहेका छन् ।

थप तस्वीरहरू–

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?