+
+
Shares

‘लालीबजार’ टिम इलामको सिनेमाघरमा पुगेपछि

मिलन मुखिया मिलन मुखिया
२०८३ जेठ ६ गते १४:३३

‘लालीबजार’ का निर्माण टिमसँगै बसेर फिल्म हेर्न उत्सुक थिए, धेरै दर्शक । राति अबेर फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, निर्माता प्रदीप भट्टराईसहितको टोली इलाम आइपुग्यो । जसै उनीहरू हलभित्र प्रवेश गरे, सैयौं मोबाइल क्यामेरा उनीहरूतिर तेर्सिए ।

राति साढे ९ बजे यी कलाकर्मी फ्रेन्ड्स सिनेमामा आइपुगेका थिए । राति ११ बजेसम्म दर्शकसँगै बसे । दर्शकसँग भलाकुसारी गरे । साथमै फिल्म हेरे ।

स्वस्तिमा खड्कासहित कलाकार आउने भएपछि हल खचाखच थियो । राति ८ बजेको शो हाउसफूल भयो । त्यसपछि १०:४५ मा अर्को शो थपियो । दर्शकको यस्तो उत्साह देखेर फिल्मकर्मीहरू खुसी देखिए ।

त्यसो त अहिले लालीबजार टिम देश दौडाहमा छन् । केही कानुनी अवरोधपछि प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मले बादी समुदायको कथा भन्छ । यही फिल्मको मेसोमा कलाकर्मी इलाम आइपुगेका हुन्।

पूर्वी पहाडी जिल्ला इलाममा यसअघि सिनेमा घर थिएन । फिल्म हेर्नका लागि झापा झर्नुपर्ने बाध्यता थियो । भर्खरै मात्र फ्रेन्ड्स सिनेमा सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?