१७ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन् ।
रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।
अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छिन् ।
उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनले पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका सातवटा सम्पदा स्थलहरूको अवलोकन गर्नेछिन ।


प्रतिक्रिया 4