+
+
Shares

मतदाता नामावली संशोधन विधेयकमा ३ संशोधन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:४१

१७ जेठ, काठमाडौं । ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ मा तीन वटा संशोधन प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभामा तीन वटा संशोधन प्रस्ताव परेको हो । यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

राष्ट्रिय सभा सांसदहरू सुरेश कुमार आलेमगर लगायतले उम्मेदवारहरूको मनोनयन दर्ता हुने दिनभन्दा एक महिनाअघि मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अध्यावधिक गर्ने व्यवस्था सम्पन्न गर्नुपर्ने प्रस्ताव राख्नुपर्ने भनेका छन् ।

सांसद रोशनी मेचे लगायतले प्रतिनिधि सभाको कार्यकाल पूरा हुनु अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनका लागि आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अध्यावधिक गर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

२१ फागुनको निर्वाचनका लागि मतदाता नामावलीमा छुट भएकालाई समेट्न सरकारले यस्तो प्रावधानसहितको अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी सरकारले विधेयक ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?