+
+
Shares

नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : अमेरिकी उपविदेश मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
  • सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेको उनले बताइन् ।
  • उनले सन् १९६३ मा जिम ह्विटाकरले सगरमाथा आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई समेत स्मरण गरिन् ।

१७ जेठ, काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको बताइन् ।

अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्‍याउने गरेको उल्लेख गरिन् ।

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् ।

उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् ।

उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् ।

सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ ।

शिखर सम्मेलनमा बोल्दै रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सीमित नरही यसमा प्रविधि र सुरक्षाको भूमिका महत्वपूर्ण भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?