+
+
Shares

गृहको बजेटमा एकै पटक किन गरियो आधा कटौती ?

गृहको बजेटमा एकै पटक कसरी आधा कटौती भयो भन्ने विषय निकै चासोका साथ हेरिएको छ । गृहको बजेट एकै पटक आधा कटौती हुनुमा भने सामाजिक सुरक्षा भत्ताको विषय जोडिएको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा गृह मन्त्रालयको बजेट करिब आधा कटौती भएको छ ।
  • गृह मातहत रहेको सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्यक्रम महिला, बालबालिका मन्त्रालयमा सारिएकाले गृहको बजेट घटेको प्रवक्ता आनन्द काफ्लेले बताए ।
  • सरकारले ३० वैशाखमा कार्यविभाजन नियमावली संशोधन गरी सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको जिम्मा महिला, बालबालिका मन्त्रालयलाई सुम्पेको थियो ।

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार गृह मन्त्रालयको बजेटमा आधा कटौती भएको छ ।

सार्वजनिक बजेटअनुसार गृह मन्त्रालयको कुल बजेट १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार भने गृह मन्त्रालयको बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८२/८३ को तुलनामा गृह मन्त्रालयको बजेटमा करिब आधा कटौती भएको छ । गृहको बजेटमा एकै पटक कसरी आधा कटौती भयो भन्ने विषय निकै चासोका साथ हेरिएको छ । गृहको बजेट एकै पटक आधा कटौती हुनुमा भने सामाजिक सुरक्षा भत्ताको विषय जोडिएको पाइएको छ ।

गृहका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार यसअघि गृह मातहत रहेको सामाजिक सुरक्षा भत्ता अहिले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत एक अर्ब भन्दा बढी रकम विनियोजन हुँदै आएको छ । ३० वैशाखमा सरकारले कार्यविभाजन नियमावली २०८३ को संशोधन गरेको थियो । उक्त नियमावली संशोधन गर्दै यसअघि गृह मातहत रहेको सामाजिक सुरक्षा भन्दा महिला, बालबालिका मन्त्रालयमा लगिएको थियो ।

कार्य विभाजन नियमावलीको महिला, बालबालिका मन्त्रालयको १५औं नम्बरमा सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गर्ने जिम्मा उल्लेख गरिएको छ ।

सोही अनुसार अहिले उक्त बजेट गृहबाट महिला, बालबालिका मन्त्रालय लगिएकाले आधा बजेट कटौती भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?