+
+
Shares

रास्वपाको विराटनगर महानगरपालिकाको सभापतिमा निरौला

अधिवेशनले कृष्ण निरौलाको नेतृत्वमा महानगर समिति चयन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनले कृष्ण निरौलाको नेतृत्वमा नयाँ महानगर समिति चयन गरेको छ ।
  • नवनिर्वाचित समितिमा उपसभापति निर्मला गिरी बुढाथोकी, सचिव अम्बर कटुवाल र सहसचिव विष्णु निरौला निर्वाचित भएका छन् ।
  • केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले उद्घाटन गर्नुभएको सो अधिवेशनबाट २३ जना निर्वाचित र दुई जना मनोनीत हुनेछन् ।

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले कृष्ण निरौलाको नेतृत्वमा महानगर समिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट सभापति कृष्ण निरौला, उपसभापति निर्मला गिरी बुढाथोकी, सचिव अम्बर कटुवाल, सहसचिव विष्णु निरौला (आकास) निर्वाचित भएका छन् ।

रास्वपाको विधानअनुसार २५ सदस्यीय महानगर कार्यसमिति रहने व्यवस्था छ । जसअनुसार २३ जना निर्वाचित र २ जना मनोनित सदस्य रहनेछन् ।

पार्टी केन्द्रीय कोषाध्यक्ष एवं सचिवालय सदस्य लिमा अधिकारीले उद्घाटन गरेको उक्त अधिवेशनमा केन्द्रीय सदस्य रोहन कार्की, प्रदेश कार्यवाहक सभापति सरिन तामाङ, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य सन्तोष राजवंशी, क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य आशा झा तथा जिल्ला सभापति भरत कँडेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?