News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र १७ सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिश गरेको छ ।
- कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको र अभिव्यक्तिले प्रदर्शन उत्तेजित बनाएको भन्दै लामिछानेसहितका नेतामाथि अनुसन्धान सिफारिश गरिएको हो ।
- आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले २३ र २४ भदौको घटनामा मानवअधिकार उल्लंघनबारे अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
१३ जेठ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको किटान सहित उनी माथि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । त्यही घटनामा प्रवक्ता मनिष झा र नेता हरि ढकाललाई पनि अनुसन्धान गर्न भनिएको छ ।
रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
रास्वपा केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट रास्वपा उम्मेदवार बनेका हेमराज थापालाई पनि अनुसन्धान गर्न भनिएको छ ।
प्रदर्शनअघि, प्रदर्शन जारी रहँदा र पछि पनि उनीहरूले दिएका अभिव्यक्ति स्मरण गराएइको छ । राष्ट्रिय अनुसन्धानले संकलन गरेको सूचना, सामाजिक सञ्जाल, प्रकाशित समाचार लगायतका आधारमा उनीहरू प्रदर्शनमा सहभागी हुनसक्ने भन्दै आयोगले अनुसन्धानका लागि सिफारिस गरेको हो ।
‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्न विभिन्न कोणबाट टिका टिप्पणी समेत देखिँदा २३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षति समेता निजहरूको संलग्नता रहे/नरहेको निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन आज सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
प्रतिक्रिया 4