+
+

थोत्रा बसमा यात्रु नकोच्न एमाओवादीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १५:३८

२१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले थोत्रा बसमा क्षमताभन्दा बढी यात्रु कोचेर पैसा नअसुल्न यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

सरकारले जनताको बाँच्ने अधिकारमाथि खेलवाड गरिरहेको भन्दै ‘घुसको भरमा लाइसेन्स दिने यातायात व्यवस्था विभाग र गैहजिम्मेवार सरकारका कारण दुर्घटना बढेको’ एमाओवादीको आरोप छ ।

डोटीमा सोमबार बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमाओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी जनताको जीउज्यानप्रति खेलवाड गर्ने सरकार र यातायात व्यवस्थाप्रति घोर भ्रत्सना गर्दछ ।’

प्रवक्ता शर्माले यातायात व्यवस्था सम्बन्धी नीति, नियन्त्रण र व्यवस्थापनमा सुधार गर्न सरकारसँग मागसमेत गरेका छन् ।

साथै बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रवक्ता शर्माले घाइतेहरुको शिघ्र उपचार र पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

चित्रबहादुर केसी भन्छन्प्र- प्रशासनको लाचारी

यसैवीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि डोटीमा भएको बस दुर्घटनाको प्रमुख कारण ‘प्रशासनको लाचारी र निकम्बापन’ बताएका छन् ।

‘कच्ची र साघुँरो उक्त बाटोमा ठूला बस चलाउन अनुमति दिनु नै प्रशासनको कमजोरी हो, केसीले मंगलबार प्रेस विज्ञप्तिमार्फत भनेका छन्, त्यसमाथि उक्त बसले सो दिन जोरायल प्रहरी कार्यालयकै अगाडिबाट क्षमताभन्दा अत्याधिक बढी छतमा समेत खचाखच यात्रु राखेर हिंडेको पाइएको छ । क्षमताभन्दा बढी यात्रुहरू राखेर त्यसरी बसलाई अगाडि बढ्न दिनु प्रहरी प्रशासनको गम्भीर गल्ती थियो ।

दुर्घटनामा माओवादी नेतृ पनि परिन्

यसैवीच डोटीको दुर्घटनामा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी समर्थित अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष भागिरथी पनेरु बडुवालको समेत निधन भएको छ ।

बडुवालको निधनप्रति अनेम संघ क्रान्तिकारीले शोक व्यक्त गरेको छ । भागिरथीका साथमा रहेका उनका ५ वर्षीय छोरा जेनिथको समेत निधन भएको छ ।

बडुवालको निधनले पार्टीलाई ठूलो क्षति भएको माओवादी प्रवक्ता पम्फा भुसालले प्रेस वक्तव्यमार्फत जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?