+
+
Shares

मिडियाको गेटमा गाडीबारे रास्वपा नेता– अव्यवस्थित पार्किङको गाह्रो थाहा दिन सांकेतिक जानकारी हुनसक्छ  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १४:०४
गृहमन्त्री सुधन गुरुङसँग रास्वपा नेता मधुसुदन ढकाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले सञ्चारगृहको गेटमा सवारी साधन पार्किङ गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
  • ढकालले अव्यवस्थित पार्किङले अरूलाई पर्ने अप्ठेरो र जनताको अधिकारबारे साङ्केतिक जानकारी दिन उक्त कार्य गरिएको हुन सक्ने तर्क गरेका छन् ।
  • पत्रकार महासंघले सञ्चारगृहको गेटमा गाडी राखेर पत्रकारलाई कार्यक्षेत्रमा जान अवरोध र आतङ्क सिर्जना गरिएको भन्दै गम्भीर चासो प्रकट गरेको छ ।

२९ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले विभिन्न सञ्चार माध्यमका गेट अगाडि शंकास्पद पार्किङ गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया अगाडि सोमबार बिहान बेवारिसे अवस्थामा गेटमा गाडी राखिएको थियो ।

उक्त विषयमा आफ्नो धारणा राख्दै रास्वपा नेता ढकालले ‘अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्ने’ बताएका हुन् ।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ,’ ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुनसक्छ ।’

मिडियाहरूको आवत जावतमा अवरोध गर्ने गरी शंकास्पद रुपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन् ।

पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?