News Summary
Generated by OK AI. Editorially reviewed.- कालिकोटमा हाल एचआइभी सङ्क्रमितको कूल सङ्ख्या ७५ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
- नरहरिनाथ गाउँपालिकामा सबैभन्दा बढी ३२ जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले जानकारी दिएका छन्।
- जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमितहरूका लागि निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै नियमित औषधि सेवनमा जोड दिएको छ।
२९ असार, मान्म (कालिकोट) । पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।
कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ ।
जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् ।
खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताउनुभयो ।
‘जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ’, उनले भने, ‘समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।’
कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । रासस
प्रतिक्रिया 4