News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार दिउँसोको अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका सडक र करिडोरहरू डुबानमा परी सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेका छन्।
- कार्यालयको समय सकेर घर फर्किने क्रममा रहेका सयौं कर्मचारी बाढी र जामका कारण बीच सडकमै अलपत्र परेका छन्।
- धोबीखोला र बागमती करिडोरलगायतका भित्री सडकमा समेत पानी जमेपछि प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्।
३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षापछि सडकमा आएको बाढीका कारण सवारीसाधन आवागम प्रभावित भएको छ ।
अहिले काठमाडौंका विभिन्न सडकहरू बाढीका कारण अस्तव्यस्त बन्न पुगेको हो ।
ट्राफिक व्यवस्थापन एकदमै अस्तव्यस्त बन्न पुगेको छ । विशेषगरी कार्यालय समय सकेर घर फर्किन लागेका कर्मचारीहरू बीच बाटोमै अलपत्र परेका हुन् ।
बाढीका कारण धोबीखोला, बागमती लगायत करिडोरका विभिन्न ठाउँमा पनि डुबानमा परेको हो ।
भित्रि सडकका क्षेत्रमा पनि बाढीले सवारी आवागनम प्रभावित बनाएको हो ।
प्रहरीसहितको सहयोगमा स्थानीयले डुबेका गाडीहरू उद्धार गरिरहेका छन् ।
हेर्नुस् अनलाइनखबरकर्मीले कैद गरेका केही तस्वीरहरू–












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4