+
+
Shares

थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन् ।
  • न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
  • गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नभएकाले कोइरीलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

३२ असार, जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् ।

बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

लगत्तै उनी थुनामुक्त भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो ।

गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?