News Summary
Generated by OK AI. Editorially reviewed.- गएराति खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएका छन्।
- भक्तपुर र काभ्रेको सिमाना साँगा क्षेत्रमा पहिरो खसे पनि सवारी आवागमन भने सुचारु नै रहेको प्रहरीले जनाएको छ।
- कान्ति लोकपथ अझै पनि अवरुद्ध रहेको छ भने काठमाडौं उपत्यकाका अन्य सबै नाकाहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्।
१ साउन, काठमाडौं । गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएका छन् ।
पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ ।
भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा क्षेत्रमा पनि पहरो खसेको छ । तर सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
कान्ति लोकपथ भने अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सबै नाका सामान्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4