+
+
Shares

आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

आर्थिक वर्ष २०८३/८४ सुरु भएदेखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै व्यक्तिको आयकरसम्बन्धी नयाँ प्रावधान आजदेखि कार्यान्वयनमा ल्याएको छ ।
  • आर्थिक ऐनअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा अब १ प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था गरिएको छ ।
  • अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउने उद्देश्यले व्यक्तिगत आयकरको न्यूनतम सीमा वृद्धि गर्दै करका दरहरूमा कटौती गरिएको हो ।

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ ।

आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।

अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढाइएको हो । आर्थिक ऐन २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशतमात्र कर लाग्ने छ ।

तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्तिभरण बापत आय निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।

१० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ ।

१५ लाख रुपैयाँभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भए १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए २५ लाखसम्म २ लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

अहिले आयकर ऐन २०५८ मा एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा करमात्र लिने व्यवस्था छ ।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?