+
+
Shares

‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतमा प्रयोग भएका अमर्यादित शब्दहरू हटाउन माग गरेको छ ।
  • अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले उक्त गीतले शिक्षक र शिक्षण पेशाको अपमान गरेको विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
  • गीत हटाउन ढिलाइ भएमा उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं निर्माता र कलाकार हुने चेतावनी महासंघले दिएको छ ।

१ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश एक गीत हटाउन माग गरेको छ ।

‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।

उक्त गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन् ।

उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले निर्माण पक्षलाई चेतावनी दिएको छ ।

उक्त गीतले निरन्तरता पाएमा असहज परिस्थिति उत्पन्न हुने र त्यसको जिम्मेवार निर्माता, सम्बन्धित कलाकार हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?