+
+
Shares

नेपाल लाइफद्वारा १३ अर्ब बढी प्रथम बीमा शुल्क आर्जन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षको गौरवमय यात्रामा १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
  • कम्पनीले गत आर्थिक वर्षको १० अर्ब रुपैयाँको उपलब्धिलाई उछिन्दै जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गर्न सफल भएको छ।
  • प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले आगामी दिनमा थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१ साउन, काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालको जीवन बीमा उद्योगमा यो ऐतिहासिक कीर्तिमानी रकम हो ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउन सफल भएको छ।

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, नेपाल लाइफप्रति अटल विश्वास राखेका सम्पूर्ण बीमित, बीमा अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकायप्रति आभार व्यक्त गरे ।

‘२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ’ उनले भने ।

कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?