+
+
Shares

सोनम वांगचुकलाई बचाउन सांसद शत्रुघ्न सिन्हाको अपील

 तृणमूल कांग्रेस (टीएमसी) का सांसद शत्रुघ्न सिन्हाले एक्समा पोस्ट गरेर अनशनमा बसेका सोनम वांगचुकलाई बचाउन माग गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:४४

१ साउन, काठमाडौं । तृणमूल कांग्रेस (टीएमसी) का सांसद शत्रुघ्न सिन्हाले एक्समा पोस्ट गरेर अनशनमा बसेका सोनम वांगचुकलाई बचाउन माग गरेका छन्।

उनले एक्समा लेखेका छन्, “क्लाइमेट एक्टिविस्ट र शिक्षा सुधारक सोनम वांगचुक नयाँ दिल्लीको जन्तर-मन्तरमा नीट यूजी परीक्षा पेपर लीकको विरुद्ध र देशको युवा पुस्ता को समर्थनमा शान्तिपूर्ण रूपमा आमरण अनशनमा बसेका छन्।”

वांगचुकको यो अनशन करिब तीन हप्तादेखि जारी छ । लगातार भोको रहेका कारण उनको स्वास्थ्य अवस्था अहिले निकै नाजुक भएको बताइएको छ।

शत्रुघ्न सिन्हाका अनुसार पछिल्ला केही दिनमा धेरै राजनीतिक दलका नेता, सामाजिक कार्यकर्ता, सेलिब्रेटी, इन्फ्लुएंसर्स र देश-विदेशका धेरै मानिसले उनको समर्थनमा आवाज उठाएका छन्।

सिन्हाले लेखेका छन्, “उनको बिग्रँदो स्वास्थ्यलाई हेर्दै केन्द्र सरकार, सम्बन्धित अधिकारी, प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्यालयसँग अपील गर्दछु कि उनीहरूले तुरुन्त हस्तक्षेप गरून्, उनको मागमा ध्यान दिऊन् र यो आन्दोलनको चाँडै समाधान निकालून्।”

यसअघि बिहीबार शत्रुघ्न सिन्हाकी छोरी तथा बलिउड एक्टर सोनाक्षी सिन्हाले पनि सोशल मिडियामा पोस्ट गरेर सोनम वांगचुकको समर्थन गरेकी थिइन्।

त्यसै कुरालाई उल्लेख गर्दै शत्रुघ्न सिन्हाले लेखेका छन्, “मेरो छोरी सोनाक्षी सिन्हाले पनि यो मुद्दामा खुलेर आफ्नो कुरा राखेकी छिन्, जसमा मलाई गर्व छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?