+
+
Shares

कर्मचारीलाई गृहमन्त्रीको चेतावनी- एक रुपैयाँ खाएको थाहा पाए एक्सनमा उत्रिन्छु

काठमाडौं बसेर हेर्न मिल्ने सीसीटीभी जडान गर्न गोरखाका सीडीओलाई निर्देशन

गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहको नाममा सेवाग्राहीबाट पैसा लिएको थाहा पाए कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते २०:४१

१ साउन, गोरखा । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहको नाममा सेवाग्राहीबाट पैसा लिएको थाहा पाए कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रवार गृहजिल्ला गोरखा आएका बेला जिल्ला प्रशासन कार्यालयमा भएको कर्मचारीसँगको भेटमा गृहमन्त्री गुरुङले घुस खाएको थाहा पाए आफैँ एक्सनमा उत्रिने चेतावनी दिएका हुन् ।

‘बिचौलिया आएर यहाँ काम मिलाउने, नागरिकताको यो मिल्दैन अलिकति पैसा दिए मिलाइदिन्छु भनेको मेरो कानमा मात्र पर्‍यो भने म व्यक्तिगत रुपमा आफै एक्सन लिन्छु,’ गृहमन्त्री गुरुङले भने, ‘मलाई पावरमा पठाएको कारण नै सुशासनका लागि हो, त्यसैले यसमा कुनै एक्सक्यूज हुदैन ।’

नागरिकले सहज रूपमा सेवा पाउनुपर्ने बताउँदै उनले एकद्वार प्रणाली लागू भए नभएको निरीक्षण गर्ने समेत बताए । ‘गृहमन्त्रीको जिल्लामै वान डोर सिस्टम लागु नभए अन्यत्र लागु गर्न गाह्रो हुन्छ । म भोलि यसको निरीक्षण गर्छु, कतै ग्याप देखे त्यही अनुसार कारबाही हुन्छ,’ उनले भने ।

१५ मिनेटभित्र सेवाग्राहीको काम हुनुपर्ने बताउँदै उनले सोही अनुसार कर्मचारीहरूको कामको मूल्याकंन हुने बताए । उनले अगाडि भने, ‘१५ मिनेटभित्र नागरिकको काम बनिसक्नुपर्‍यो, सेवा प्रवाह भइसक्नुपर्‍यो । १५ मिनेटको ठाउँमा १६ मिनेट भयोभने म कम्प्रमाइज गर्दिनँ ।’

काठमाडौं बसेर यहाँका कर्मचारीको काम हेर्न मिल्नेगरी आवाजसहितको सीसीटीभी जडान गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?