+
+
Shares

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गेश थापा र प्रियंका कार्की अभिनित ‘मास्टर्नी’ चलचित्रको ‘ताराबाजी लैलै’ गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।
  • शिक्षक र शिक्षण पेसाप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले उक्त गीतप्रति आपत्ति जनाएका छन् ।
  • गीतमा अमर्यादित र संस्कृति भड्काउने शब्द प्रयोग गरिएको भन्दै पेसागत संघ-संगठनले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

३२ असार, काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो ।

निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो ।

प्रियंका र दुर्गेशले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै माफी पनि मागेका छन् ।

यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए ।

‘उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित ‘शिक्षक–शिक्षिका’ पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु,’ नायिका कार्कीले भनेकी छिन्, ‘कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन । यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?