News Summary
Generated by OK AI. Editorially reviewed.- प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानक फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ।
- भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको ‘मास्टर्नी’लाई १७ दिनमा काठमाडौं र पोखरामा छायांकन सकिएको छ।
- ‘मास्टर्नी’ क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्म १२ भदौदेखि रिलिज हुनेछ।
काठमाडौं । प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानक फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा दर्शकमाझ फस्टलुक ल्याइएको हो ।
लामो समयदेखि कथानक फिल्म निर्माणमा संलग्न हुने बताउँदै आएकी प्रियंकाले गुपचुप ढंगले यो फिल्मको छायांकन सकेकी हुन् । आयंका फिल्म्सले वेब सिरिज बनाइरहेपनि पहिलोपटक कथानक फिल्म निर्माण गरेको हो ।
१७ दिनमा काठमाडौं र पोखरामा छायांकन सकिएको जनाइएको छ । भारतीय निर्देशक सुभेन्दु घोषले यो फिल्मको निर्देशन गरेका हुन् । यो फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन् ।

क्याबिनेट शार्क ट्यांक नेपालका शार्कसहित अग्नि समूहका प्रमुख हुन् । यो फिल्मबाट अग्नि समूहले निर्माणमा हात हालेको हो ।
‘मास्टर्नी’को कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् । ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेले अभिनय गरेका छन् ।
प्रियंका स्वयमको कथा रहेको फिल्ममा सान बस्न्यातको पटकथा छ । १२ भदौदेखि फिल्म रिलिज हुनेछ ।
प्रतिक्रिया 4