News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान् आयुष्मान जोशी मुम्बईमा छन् र प्रियंकाको होम प्रोडक्सन फिल्म 'मास्टर्नी'को पोस्ट-प्रोडक्सन कार्य सुरु भएको छ।
- प्रियंकाले सामाजिक सञ्जालमा 'मास्टर्नी'को पोस्ट-प्रोडक्सन वाइआरएफमा गर्नु सपना जस्तै भएको र अनिल कपुरसँग भेट्दा फ्यानजस्तो महसुस भएको बताएकी छन्।
- फिल्म 'मास्टर्नी'को छायांकन सकिएपछि पोस्ट-प्रोडक्सनका लागि प्रियंका र आयुष्मान भारततिर लागेका छन् र यो फिल्म १२ भदौदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान् तथा अभिनेता आयुष्मान जोशी अहिले मुम्बईमा छन् । केही समय उनीहरू त्यहीँ व्यस्त रहने बताइएको छ ।
मुम्बईस्थित प्रसिद्ध यशराज फिल्म्स (वाइआरएफ) स्टुडियोमा प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को पोस्ट-प्रोडक्सन कार्य सुरु भएको छ । यो फिल्म प्रियंकाको होम प्रोडक्सन कम्पनी ‘आयंका फिल्म्स’को पहिलो कथानक फिल्म हो ।
प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै यो क्षणलाई विशेष भएको बताएकी छन् । उनले आफूले मन परेको काम गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्, ‘यो सुन्दर जीवन, यस्ता अवसर र आफूले माया गर्ने काम गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो । हाम्रो पहिलो फिचर फिल्म ‘मास्टर्नी’को पोस्ट-प्रोडक्सन वाइआरएफमा गर्नु सपना जस्तै हो ।’

मुम्बई बसाइका क्रममा उनले बलिउड अभिनेता अनिल कपुरसँग भेट भएको क्षणलाई पनि स्मरणीय भन्दै उत्साह व्यक्त गरेकी छन् । ‘अनिल कपुर सरलाई भेट्दा फ्यानजस्तो महसुस भयो । उहाँ आइकन हुनुहुन्छ, लिजेन्ड हुनुहुन्छ,’ उनले लेखेकी छन् ।
प्रियंकाले केही दिनहरू जीवनमा विशेष हुने बताउँदै यो दिन आफूका लागि त्यस्तै बनेको उल्लेख गरेकी छन् ।
१२ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को छायांकन सकिएपछि पोस्ट–प्रोडक्सन कार्यको लागि प्रियंका र आयुष्मान भारततिर लागेका हुन् । आफ्नो होमप्रोडक्सन फिल्मलार्ई लिएर प्रियंका औधी खुसी देखिएकी छन् ।






प्रतिक्रिया 4