+
+
Shares

निखिल, जसितापछि प्रियंकाले साइन गरिन् ‘पारस’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्कीले कृषा चौलागाइँको आगामी फिल्म 'पारस' मा काम गर्ने जानकारी सामाजिक सञ्जालबाट दिएकी छन्।
  • फिल्म 'पारस' को पटकथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्, जो 'ग्याङ्स अफ वासेपुर' का सहलेखक हुन्।
  • कृषा चौलागाइँले चुनाव लगत्तै प्रेमकथामा आधारित फिल्म 'पारस' को छायांकन सुरु गर्ने तयारी गरिरहेकी छन्।

काठमाडौं । निखिल उप्रेती र जसिता गुरुङपछि कृषा चौलागाइँको आगामी फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की पनि जोडिएकी छन् ।

कार्की स्वयमले सामाजिक सञ्जालबाट आफूले ‘पारस’ मा काम गर्न लागेको जानकारी दिएकी छन् । जहाँ, उनलाई फिल्मको क्ल्याप बोर्डसहित निर्देशक चौलागाइँसँग देख्न सकिन्छ ।

‘अब अर्को, पारस । धमाकेदार गरौं कृषा चौलागाइँ दिदी’ फोटोहरू सेयर गर्दै प्रियंकाले लेखेकी छन् ।

प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?