+
+
Shares

कृषाको ‘पारस’ मा जोडिए निखिल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक कृषा चौलागाईंको आगामी फिल्म 'पारस' मा निखिल उप्रेतीले शीर्ष भूमिका निर्वाह गर्ने सहमति भैसकेको छ।
  • निखिल उप्रेतीले मौखिक सहमति भैसकेको र लिखित अग्रिमेन्ट बाँकी रहेको बताए।
  • 'पारस' को पटकथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्, जो 'ग्याङ्स अफ वासेपुर' का सहलेखक हुन्।

काठमाडौं । निर्देशक कृषा चौलागाईं यतिबेला आगामी प्रोजेक्ट ‘पारस’ को निर्माणमा जुटेकी छन् । यतिबेला भक्तपुरको सानोठिमीस्थित उनको फिल्म कम्पनी केपी फिल्म्सको कार्यालयमा प्रि-प्रोडक्सन कार्य धमाधम चलिरहेको छ ।

यस्तोमा, यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेतीले अभिनय गर्नेछन् । यसको पुष्टि निखिल र कृषा स्वयमले अनलाइनखबरसँग गरे ।

कृषाले निखिलसँग सहमति भैसकेको बताइन् भने निखिलले भने मौखिक सहमति भैसकेको र साइन हुन बाँकी रहेको बताए । ‘कृषाजीसँग यो फिल्म गर्ने मौखिक सहमति भैसकेको छ । मैले मौखिक सहमति गर्नु नै लिखित अग्रिमेन्ट जस्तै हो’ निखिलले भने ।

निखिल यतिबेला घरको फिल्म ‘आचार्य’ को निर्देशनमा ब्यस्त छन् । यो फिल्म छायांकनको अन्तिम चरणमा छ । यसको काम सकिएपछि मात्र ‘पारस’ मा ब्यस्त हुने उनले बताए । कृषाले पनि चाँडै आफूहरू छायांकनमा जाने बताइन् ।

प्रेमकथामा आधारित हुने यो फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?