+
+
Shares

प्रियंका-आयुष्मानले जेनजी शहीदलाई समर्पित गर्दै गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १६:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन्।
  • यी दुवैले मतदानपछि सामाजिक सञ्जालमा आफ्नो मत शहीद जेनजीहरूप्रति समर्पित रहेको लेखेका छन्।
  • प्रियंकाले लेखिन्, 'परिवर्तनको लागि, सुखद र समृद्ध नेपालको लागि, मैले त मतदान गरेँ । अनि तपाईंले ?'

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा श्रीमान आयुष्मान जोशीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन् ।

यो जोडीले मतदानपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै आफूहरूको भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएको छ । यी दुबैजनाले यसअघि खुलेरै बालेन शाहलाई मतदान गर्न अपिल गरेका थिए ।

प्रियंका र आयुष्मानले मतदानपछिका फोटो सेयर गर्दै लेखेका छन्, ‘ यो पटकको मेरो मत शहीद जेनजीहरूप्रति समर्पित । देशको परिवर्तनप्रति समर्पित । आशाको किरणप्रति समर्पित । जय नेपाल ।’

अर्को स्टाटसमा प्रियंका लेख्छिन्, ‘ परिवर्तनको लागि, सुखद र समृद्ध नेपालको लागि, मैले त मतदान गरेँ । अनि तपाईंले ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?