+
+
Shares

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

अभिमन्यु लामिछाने अभिमन्यु लामिछाने
२०८२ फागुन २४ गते ११:३७

२४ फागुन, उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् । ३० हजार ५९० मत ल्याएर उनी विजयी भएका हुन् ।

श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

राईले ११ हजार ६ सय ६ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६  मत प्राप्त गरेका छन् ।

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा जोडिएका गेलालले पहिलो प्रयासमै जित निकालेका हुन् ।

चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा २०४२ साल वैशाखमा जन्मिएका गेलाल शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।

पार्टीमा  गेलाल केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव तथा केन्द्रीय निर्वाचन रणनीति कार्यदलको सदस्यको जिम्मेवारीमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?