News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले फागुन २८ देखि ३० गतेसम्म ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ।
- फागुन २८ गते ‘कुमारी’ र २९ गते ‘जीवन काँडा कि फूल’ चलचित्र प्रदर्शन गरिनेछ।
- पहिला आउने पहिलो ५० जनालाई निःशुल्क प्रवेश दिइने व्यवस्था गरिएको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ ।
फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन ३० को दशकमा निर्माण भएको पुरानो नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गरिनेछ ।
यस्तै, साहित्यकार झमककुमारी घिमिरेको जीवनकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ फागुन २९ गते प्रदर्शन गरिने कार्यक्रम छ । फागुन ३० गते कार्यक्रम समापन गरिनेछ ।
आमन्त्रित बाहेक निःशुल्क रूपमा चलचित्र हेर्न इच्छुक चलचित्रकर्मी वा चलचित्र अध्ययनरत विद्यार्थीले बोर्डमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
पहिला आउनेलाई पहिला अवसर (फर्स्ट कम, फर्स्ट सर्भ) को आधारमा पहिलो ५० जनालाई निःशुल्क प्रवेश दिइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4