News Summary
Generated by OK AI. Editorially reviewed.- दिनेश राउत निर्देशित चलचित्र 'कुमारी' ले १६ फागुनसम्म ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कमाएको छ।
- सुदिप्ता अधिकारी निर्देशित 'रमितको पिरती' ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कमाएको छ।
- चन्द्र पन्त निर्देशित 'आबाट आमा' ले १२ करोड २३ लाख ३८ हजार ८२९ रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । कुमारी, रमिताको पिरती र बिगुलले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरणमा त्यो कुरा उल्लेख छ ।
यो हिसाब १६ फागुनको शनिबारसम्मको कमाइमा आधारित छ । दिनेश राउत निर्देशित ‘कुमारी’ ले ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कमाएको छ । यसका १९ हजार ९५९ जना दर्शकले हेरेका छन् ।
सुदिप्ता अधिकारी निर्देशित फिल्म ‘रमितको पिरती’ ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई अहिलेसम्म ८ हजार ७३७ जनाले हेरेका छन् ।
प्रदर्शन हुँदाहुँदै हलबाट उतारिएको फिल्म ‘बिगुल’ को ग्रस कलेक्सन ९ लाख २८ हजार ८६० रुपैयाँ ग्रस छ । यसलाई २७ सय २२ जनाले हेरेका छन् ।
चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ ले शनिबारसम्म १२ करोड २३ लाख ३८ हजार ८२९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्म यसवर्ष धेरै कमाउने दोस्रो फिल्म बनेको छ ।
प्रतिक्रिया 4