News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिल्म 'टिका : स्टेटलेस सोल' निर्माण घोषणा गरिएको छ।
- फिल्मले महिलाको संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्नेछ।
- वर्षा सिवाकोटी र महेश त्रिपाठी शीर्ष भूमिकामा छन् र छायांकन चाँडै सुरु हुने छ।
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ ।
शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत जनाइएको छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटी र महेश त्रिपाठीले अभिनय गर्नेछन् । ऋचा शर्मा, निर्मल शर्मा र आयुषी ढकाल पनि अनुबन्धित छन् ।
महिलाको दृष्टिकोणबाट समाजका विभिन्न पाटा उजागर गर्ने भएकाले यसलाई नारीप्रधान फिल्म बताइएको छ । फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने जनाइएको छ ।
सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतिमार्फत दर्शकलाई फरक अनुभव दिलाउने अपेक्षा गरिएको निर्माताको भनाइ छ । छायांकन चाँडै सुरु हुने छ भने प्रदर्शन मितिको घोषणा केही दिनभित्र हुने भएको छ ।
भविष्य फिल्मको प्रस्तुतिमा थर्ड आई आर्ट्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । निर्मातामा भविष्य खड्का, कार्यकारी निर्मातामा तेजविक्रम केसी छन् । कथा चन्दन झा र शंकर कार्कीको हुनेछ । पटकथा रामकुमार श्रेष्ठको हुनेछ ।

प्रतिक्रिया 4